नियम ६
प्रेषण गर्नु पर्ने
(१) ऐनको दफा ६ को उपदफा (१) बमोजिम स्वास्थ्य संस्थामा आएका बिरामीलाई आवश्यक सबै उपचार प्रदान गर्न नसकिने अवस्था भएमा आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको उपचार तत्काल प्रदान गरी थप उपचारको लागि त्यस्तो थप उपचार प्राप्त हुन सक्ने स्वास्थ्य संस्थामा प्रेषण पूर्जा सहित तत्काल प्रेषण गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्रेषण गर्दा सबैभन्दा नजिक वा पायक पर्ने स्वास्थ्य संस्थामा गर्नु पर्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि स्वास्थ्य संस्थाले बिरामी वा निजको संरक्षक वा निजलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने व्यक्तिको लिखित सहमतिमा निजले इच्छाएको स्वास्थ्य संस्थामा प्रेषण गर्न सक्नेछ।
(४) कुनै बिरामी वा निजको संरक्षक वा निजलाई उपचारको लागि स्वास्थ्य संस्थामा ल्याउने व्यक्तिले अर्को स्वास्थ्य संस्थामा प्रेषण हुन नचाहेमा थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा प्रेषित गर्नु पर्नाको कारणबारे यथासम्भव सम्झाउनु पर्नेछ । त्यसरी सम्झाउँदा पनि प्रेषण हुन नचाहेमा निजको लिखित सहमति लिई आफ्नो स्वास्थ्य संस्थामा उपलब्ध भएसम्मको उपचारको व्यवस्था मिलाउनु पर्नेछ।
(५) यस नियम बमोजिम प्रेषण गर्दा सम्बन्धित स्वास्थ्य संस्थाले आफूले उपलब्ध गराएको उपचार पद्धति समेत प्रेषण पूर्जामा खुलाउनु पर्नेछ।
(६) यस नियम बमोजिम आफ्नो स्वास्थ्य संस्थामा प्रेषण भई आएका बिरामीको रोगको गाम्भीर्यताका आधारमा प्राथमिकता दिई उपचार गर्नु पर्नेछ ।
(७) उपनियम (१) बमोजिम प्रेषण भई आएको बिरामीको उपचार गरिसकेपछि प्रेषण गर्ने: स्वास्थ्य संस्थालाई आफूले उपलब्ध गराएको उपचार पद्धति समेत प्रेषण पूर्जामा खुलाई पृष्ठपोषण दिनु पर्नेछ।
(८): प्रेषण गर्ने स्वास्थ्य संस्थाले प्रेषण गरिएका बिरामीको विवरण अद्यावधिक रुपमा राख्नु पर्नेछ।